२० कटेलगत्तै विवाह गर्नुस् र ३० पुग्दा तीन सन्तान पाइसक्नुस्’,चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्झनुहोस् : प्रधानमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 01:11:26
  • आइतबार,कार्तिक ३०, २०८३
  • २० कटेलगत्तै विवाह गर्नुस् र ३० पुग्दा तीन सन्तान पाइसक्नुस्’,चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्झनुहोस् : प्रधानमन्त्री

    २० कटेलगत्तै विवाह गर्नुस् र ३० पुग्दा तीन सन्तान पाइसक्नुस्’,चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्झनुहोस् : प्रधानमन्त्री

    काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धि सँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्।

    आज (शुक्रबार) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व जनसङ्ख्या दिवसका अवसरमा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    यस्तै उनले भने, ‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ। जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ। सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान् अर्को छैन। कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरू यो धन्दा छोड।’

    जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व नबच्ने बताए।

    प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्झन आग्रह गरे।