काठमाडौँ– नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन्।
आज (बिहीबार) प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शुभकामना व्यक्त गरेका हुन् । यस्तै उनले हामीलाई अरूमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको समेत बताए।
गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन् ,“हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ।
फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, “गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्। गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्। सबैलाई शुभकामना”