आजको मौसम: कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान - Chaitanya News
  • 2026-05-03
  • 00:52:44
  • शनिबार,बैशाख १९, २०८३
  • आजको मौसम: कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम: कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

    काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै महाशाखाका अनुसार, आज कोशी,वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ।

    यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। सातै प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तथा बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनसक्ने छ भने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ।

    सम्भावित वर्षाका कारण बाढी पहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ।