विश्व सूचना समाज सम्मेलनमा सहभागी हुन जेनेभा पुगे सञ्चार मन्त्री गुरुङ - Chaitanya News
  • 2026-11-16
  • 01:37:39
  • आइतबार,कार्तिक ३०, २०८३
  • विश्व सूचना समाज सम्मेलनमा सहभागी हुन जेनेभा पुगे सञ्चार मन्त्री गुरुङ

    विश्व सूचना समाज सम्मेलनमा सहभागी हुन जेनेभा पुगे सञ्चार मन्त्री गुरुङ

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वीट्जरल्याण्डस्थित जेनेभामा भइरहेको विश्व सूचना समाज सम्मेलन (डब्लुएसआइएस प्लस टुवान्टी) मा सहभागी भएका छन्।

    झण्डै दुई सयभन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहेको उच्चस्तरीय सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङ सहभागी भएका हुन्।

    सप्ताहव्यापी रूपमा हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा सञ्चार मन्त्री गुरुङ यही असार २१ गते शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

    सूचना प्रविधि क्षेत्रमा भएको चमत्कारिक विकास, नयाँ अवधारणा, विकसित घटनाक्रम र विश्व परिवेशलाई बुझ्न उक्त सम्मेलन फलदायी हुने सञ्चार मन्त्री गुरुङका सूचना प्रविधिसम्बन्धी सल्लाहकार डा. सालीग्राम पराजुलीले बताए।

    सम्मेलनका क्रममा ‘रोबोटिक्स फर गुड युथ च्यालेञ्ज २०२५ र डिजास्टर रेस्पोन्स एण्ड सिजिलियन्स थिम’मा हुने कार्यक्रम सत्रमा समेत सञ्चार मन्त्री गुरुङ सहभागी हुनुहुने छ। ती कार्यक्रमहरूमा सूचना प्रविधिसम्बद्ध ६० देशका विभिन्न टोलीको प्रस्तुति रहने डा. पराजुलीले जानकारी दिए।