रामहरि खतिवडाको प्रश्न: संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? - Chaitanya News
  • 2026-11-16
  • 01:38:19
  • आइतबार,कार्तिक ३०, २०८३
  • रामहरि खतिवडाको प्रश्न: संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ?

    रामहरि खतिवडाको प्रश्न: संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ?

    काठमाडौँ– सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसद् भवनभित्र ड्रोन बसेको विषय प्रतिनिधि सभाको बैठकमा राखेका छन् । उनले संसद भवनभित्र ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै प्रश्न गरेका छन् ।

    आज (बुधबार) को बैठकमा बोल्दै असार २३ गते बेलुका ९ देखि ९ः३० बजेसम्मको समयतिर संसद्को बायाँतिर ठूलो ड्रोन आएर खसेको समाचार आएको बताए।

    उनले भने, ‘कहाँबाट के का लागि आएको थियो ? संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो पाएन ? अन्तर्राष्ट्रिय रूपमा आतंकवादी गतिविधि बढिरहेको बेलामा ड्रोनबाट के भएको हो ? यस्तो गम्भीर विषयमा संसद्लाई जानकारी गराइयोस्।’