यस्तो रहने छ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-03
  • 00:53:42
  • शनिबार,बैशाख १९, २०८३
  • यस्तो रहने छ आज देशभरको मौसम

    यस्तो रहने छ आज देशभरको मौसम

    काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

    यस्तै आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यसैगरी, आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

    त्यसै गरी,महाशाखाका अनुसार, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।