बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न आकस्मिक बैठक आह्वान - Chaitanya News
  • 2026-11-17
  • 18:16:37
  • मंगलबार,मंसिर ०२, २०८३
  • बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न आकस्मिक बैठक आह्वान

    बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न आकस्मिक बैठक आह्वान

    काठमाडौँ– रसुवामा आकस्मिक बाढी आएसँगै सरकारले आकस्मिक बैठक बोलाएको छ।

    आज (मंगलबार) केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको हो।

    रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बस्ने भएको हो । बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने भएको प्राधिकरणले जनाएको छ।

    चीनबाट आएको बाढीका कारण टिमुरे क्षेत्रमा व्यापक जनधनको क्षति भएको छ। उक्त बाढी हिमताल फुटेर आएको आशंका गरिएको छ।