काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्।
आज (सोमबार) निर्मल निवासमा आफ्नो ८० औँ जन्मदिनको अवसरमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराजा शाहले अहिले बाढी, पहिरोको समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह पनि गरे। साथै, उनले पानीजन्य रोगहरूबाट बच्न आग्रह गरेका छन्।
‘उनले भने अहिले वर्षाको समय हो। बाढी पहिरोको जोखिम छ। पानीजन्य बिमारीहरू पनि हुन्छन्। सबै दाजुभाइ, दिदीबहिनीहरू सतर्क रहनुस्। विचार गरेर बस्नुस्, मेरो आग्रह छ। पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र त्यसपछि मात्रै नेपालको माया जाग्ने बताए।
‘यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामीभित्र हुनुपर्छ । अनि हामी नेपाली हुन्छौँ,’ उनले भनेका छन्।