लोकसेवाद्वारा निजामती सेवाका लागि विज्ञापन आह्वान - Chaitanya News
  • 2026-06-12
  • 15:04:24
  • शुक्रबार,जेठ २९, २०८३
  • लोकसेवाद्वारा निजामती सेवाका लागि विज्ञापन आह्वान

    लोकसेवाद्वारा निजामती सेवाका लागि विज्ञापन आह्वान

    काठमाडौं- निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय पदहरूका लागि दरखास्त आह्वान गरिएको छ।

    निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवातर्फका विभिन्न सेवा, समूह उपसमूह तथा श्रेणी खुला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ।

    योग्यता पुगेका उमेदवारले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। तोकिएको न्यूनतम योग्यता पुगेका नागरिकले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने जनाइएको छ।