काठमाडौँ– ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक सातामा देशभरबाट ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको पाइएको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीले सार्वजनिक गरेको आँकडाअनुसार ४ प्रदेशमा एक सातामा ३५ जना कोरोना सङ्क्रमित भएका हुन्।
सबैभन्दा बढी बागमती प्रदेशमा २६ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ। त्यस्तै कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। यस अवधि एक जनाको कोभिड—१९ बाट मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। देशभर अहिले २४९ जना कोरोना सङ्क्रमित रहेका छन्।