कस्तो रहला आज देशभरको मौसम ? - Chaitanya News
  • 2026-05-03
  • 01:54:00
  • शनिबार,बैशाख १९, २०८३
  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको साथै देशका अधिकांश भागमा हल्का वर्षा हुनेछ।

    आज देशभर साधरणतया बदली रहने कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।