काठमाडौं– कामकाजमा असहयोग गरेको आरोप लगाउँदै चिकित्सा शिक्षा आयोगले १० कर्मचारीलाई फिर्ता पठाएको छ। जसमध्य ५ जना उपसचिव रहेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३ र शिक्षा मन्त्रालयले खटाएका ७ गरी १० कर्मचारीको काज आयोगले फिर्ता गरेको हो। त्यसरी फिर्ता पठाएका कर्मचारीहरु मन्त्रालयमा हाजीर हुन थालेका छन्।
शिक्षा मन्त्रालयले सदस्य सचिवको सरुवा गरेपछि आयोग र मन्त्रालयबीच द्वन्द्व चर्किएको थियो। गत भदौ २० मा आयोगका सदस्यसचिव भोजराज काफ्लेलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएका थियो भने शैक्षिक गुणस्तर परीक्षण केन्द्रका तत्कालीन सहसचिव शविकुमार सापकोटालाई काफ्लेलाई सदस्य सचिवको जिम्मेवारी दिइएको थियो।
सदस्यसचिव सरुवामा मन्त्रालय र आयोगबीचको द्वन्द्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेर समस्या थामथुम पारेको थियो।