प्रहरीको हिरासतमा रहेका श्रीमान भेट्न प्रहरी कार्यालय गएकी श्रीमती लागुऔषधसहित पक्राउ - Chaitanya News
  • 2026-06-03
  • 11:12:32
  • बुधबार,जेठ २०, २०८३
  • प्रहरीको हिरासतमा रहेका श्रीमान भेट्न प्रहरी कार्यालय गएकी श्रीमती लागुऔषधसहित पक्राउ

    प्रहरीको हिरासतमा रहेका श्रीमान भेट्न प्रहरी कार्यालय गएकी श्रीमती लागुऔषधसहित पक्राउ

    दाङ–प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न गएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

    हिरासतमा रहेका घोराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न गएकी उनकी श्रीमती शान्ति घर्ती खड्का लागुऔषधसहित पक्राउ परेकी हुन्।

    उनी मंगलबार बिहान करिब ७ बजेतिर आफ्ना श्रीमान भेट्न जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्। अशोक तीनदिन अघिमात्रै लागुऔषधसहित पक्राउ परेका थिए।

    जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले प्रहरी हिरासतमा रहेका खड्कालाई भेट्न आएकी शान्तिलाई चेकजाँच गर्दा लागुऔषधसहित फेला पारेको जानकारी दिए।

    उनले भने श्रीमान्लाई भेट्न आएको बेला चेकजाँच गर्दा उनको साथबाट लागुऔषध भेटिएको हो।

    प्रहरीका अनुसार उनीमाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाउने तयारी भइरहेको छ।