वरिष्ठ सइदेखि सहायक हवलदारसम्म दुई हजार १९६ जनाको बढुवा (सूचीसहित) - Chaitanya News
  • 2026-11-17
  • 19:26:43
  • मंगलबार,मंसिर ०२, २०८३
  • वरिष्ठ सइदेखि सहायक हवलदारसम्म दुई हजार १९६ जनाको बढुवा (सूचीसहित)

    वरिष्ठ सइदेखि सहायक हवलदारसम्म दुई हजार १९६ जनाको बढुवा (सूचीसहित)

    काठमाडौँ– वरिष्ठ सइदेखि सहायक हवलदारसम्म २१९६ जनाको बढुवा भएको छ । सशस्त्र प्रहरी बल, नेपालले करिब एक महिनाको अवधिमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) देखि सशस्त्र प्रहरी सहायक हवलदारसम्म दुई हजार १९६ जनाको बढुवा गरेको छ।

    बढुवा हुनेमा वरिष्ठ सइमा ११ जना, सइमा ३४ जना, लेखा उपसमूहतर्फ सइमा ६ जना छन्। त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवलदारमा ६०३ जना, हवलदारमा ७५९ जना र सहायक हवलदारमा ७८३ जना बढुवा भएका हुन्।

    मुख्यालयले बढुवा हुनको लागि १९ जेठमा सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको वरिष्ठ सई र सई तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सइमा बढुवा हुनको लागि १० दिन भित्र बढुवा फारम भर्न उल्लेख गरेको थियो।

    त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको हो।

    बढुवा मूल्यांकन फारमको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न समेत भनिएको थियो।