काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक जना घाइते - Chaitanya News
  • 2026-06-03
  • 10:46:45
  • बुधबार,जेठ २०, २०८३
  • काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक जना घाइते

    काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक जना घाइते

    काठमाडौं– काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।

    काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा हिजो हाइस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

    दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं नार्गाजुन४ बस्ने २२ वर्षीय रवीन लामा र पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते भएका थिए।

    घाइते दुवैको बयोधा अस्पताल बल्खुमा उपचार भैरहेकोमा रवीनको भने बेलुकी ८ बजे मुत्यु भएको हो।

    हिजो साँझ पौने ६ बजे बा २ ख ३२२३ नम्बरको हाइस र बा ९१ प ७४८० नम्बरको मोटरसाइकल ठोकिएको हो। हाइस र चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ।