नेपाल प्रहरीसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्ने गरी अघि बढाउन गृहमन्त्री लेखकको आग्रह - Chaitanya News
  • 2026-11-16
  • 03:51:59
  • आइतबार,कार्तिक ३०, २०८३
  • नेपाल प्रहरीसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्ने गरी अघि बढाउन गृहमन्त्री लेखकको आग्रह

    नेपाल प्रहरीसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्ने गरी अघि बढाउन गृहमन्त्री लेखकको आग्रह

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरी अघि बढाउन आग्रह गरेका छन्।

    आज (आइतबार) राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले सो आग्रह गरेका हुन् । यस्तै उनले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलका क्रममा मन्त्री लेखकले प्रहरीसम्बन्धी कानुन निकै पुरानो भइसकेको अवस्थामा नयाँ कानुन बनाउन संसदको यसै अधिवेशनबाटै पारित हुने गरी अघि बढाउनुपर्नेमा जोड दिए।

    प्रहरी संगठनमा रहेको कार्यालय सहयोगी, जवान, हवलदारलाई तल्लो तहको कर्मचारीको रूपमा बुझ्दै आएकोमा अब शब्द परिवर्तन गरी आधारभूत तह भन्ने प्रस्ताव गरिएको लेखकले बताए।

    प्रहरी संगठनको आधारभूत शक्ति उनीहरू नै भएकाले आधारभूत तह भन्न खोजिएको उनको भनाइ थियो।