पाठ्यक्रम परिवर्तन हुँदा वा प्रत्येक ५ वर्षमा शिक्षकहरुले पुनर्ताजगी तालिम लिनेगरी सहमति - Chaitanya News
  • 2026-10-05
  • 05:52:59
  • सोमबार,आश्विन १९, २०८३
  • पाठ्यक्रम परिवर्तन हुँदा वा प्रत्येक ५ वर्षमा शिक्षकहरुले पुनर्ताजगी तालिम लिनेगरी सहमति

    पाठ्यक्रम परिवर्तन हुँदा वा प्रत्येक ५ वर्षमा शिक्षकहरुले पुनर्ताजगी तालिम लिनेगरी सहमति

    काठमाडौँ– शिक्षकहरूले पाठ्यक्रम परिवर्तन हुँदा वा प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनेगरी शिक्षा समितिमा सहमति भएको छ।

    आज (आइतबार) बसेको शिक्षा समिति बैठकमा सभापति अम्मरबहादुर थापाले शिक्षकको तालिम र लाइसेन्स लिनुपर्ने व्यवस्था प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा समिति सदस्यहरूले सहमति गरेका हुन्।

    शिक्षक बन्नका लागि अनुमति लिनुपर्ने व्यवस्था शिक्षा उपसमितिले गरेको थियो। सोही अनुसार समिति सदस्यहरूले सहमति जनाएका हुन्।