विनियोजन विधेयक २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित - Chaitanya News
  • 2026-11-16
  • 04:53:47
  • आइतबार,कार्तिक ३०, २०८३
  • विनियोजन विधेयक २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित

    विनियोजन विधेयक २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित

    काठमाडौं– विनियोजन विधेयक प्रतिनिधिसभाबाट २०८२ बहुमतले पारित भएको छ। आज (मंगलबार) अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो।

    पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो। छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिएका थिए।

    यस्तै २३ सांसदले राखेका खर्च कटौतीका प्रस्ताव अस्वीकृत भएका छन् ।

    सो क्रममा उर्जा मन्त्रालय अन्तर्गत लिइएको ‘टेक एण्ड पे’ र ‘विलासिता कर’सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता व्यक्त गरेका थिए।