काठमाडौँ– चार देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। आज (सोमबार) राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष चार देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमान, नेपालका लागि दक्षिण अफ्रिकाकाका राजदूत अनिल सुकलाल, गणतन्त्र एंगोलाका राजदूत क्लेमेन्ट पेड्रो फ्रान्सिस्को क्यामेन्हा र गणतन्त्र अर्जेन्टिनाका राजदूत मारियानो अगस्टिनले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सबार गराइएको थियो।