गण्डकी प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस - Chaitanya News
  • 2026-11-17
  • 20:58:23
  • मंगलबार,मंसिर ०२, २०८३
  • गण्डकी प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

    गण्डकी प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

    गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ।

    संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आज प्रदेश प्रमुखको कार्यालयमा आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदन पेस गरेका हुन्।

    प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हक अधिकार संरक्षण र संवर्द्धन तथा सशक्तीकरणका लागि आयोग स्थापना भएको उल्लेख गर्दै नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्धभाव कायम राख्न मुस्लिम आयोजको भूमिका महत्त्वपूर्ण हुने बताए।

    प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत प्रदेशसभामा छलफलका लागि पेस गरिने प्रदेश प्रमुख भट्टले जानकारी दिए।

    कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्ट समक्ष जानकारी गराउँदै मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोग प्रयासरत रहेको बताए।

    नेपालको संविधानको धारा २६४ अनुसार मुस्लिम आयोग गठन भएको हो।