स्वास्थ्य विज्ञानको सुरुवात नेपालबाटै भएको हो : प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-07-16
  • 19:53:40
  • बिहिबार,आषाढ ३२, २०८३
  • स्वास्थ्य विज्ञानको सुरुवात नेपालबाटै भएको हो : प्रधानमन्त्री ओली

    स्वास्थ्य विज्ञानको सुरुवात नेपालबाटै भएको हो : प्रधानमन्त्री ओली

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञानको सुरुवात नेपालबाटै भएको बताएका छन्।

    आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    यस्तै ओलीले भने ‘यो स्वास्थ्य विज्ञानको सुरुवातको भूमि हो। स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो। हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन। हाम्रा कतिपय पुराना मेथोडलोजी, पुराना विधि, प्रविधिहरू उपयोगी हन सक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ। स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिक रूपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्,दक्ष जनशक्ति कसरी पूरा गर्ने ? यी सबै कुरा छन्,’ प्रधानमन्त्री ओलीले भने।