नेपालले सिंगापुरलाई ६ विकेटले हरायो - Chaitanya News
  • 2026-07-25
  • 04:58:43
  • शुक्रबार,साउन ०८, २०८३
  • नेपालले सिंगापुरलाई ६ विकेटले हरायो

    नेपालले सिंगापुरलाई ६ विकेटले हरायो

    काठमाडौं– आज (आइतबार) भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको छ ।ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको हो।

    सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३।३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। प्रसिद्ध ५५ रनमा अविजित रहे। रौनक श्रीवास्तवले ४० रन बनाए।

    सिंगापुरका आकाश तेजाले ३ विकेट लिए। युवान पाण्डेले १ विकेट लिए।

    त्यसअघि कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो।

    विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए। सचिनले ६।१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए। अभय यादव र शुभम खनाले समान १ विकेट लिए।

    सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए। यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए।

    नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ।