पर्यटन, सुदुर पश्चिमको धनगढीमा चैतन्य साँस्कृतिक मिनी मेला सुरु भएको छ । संस्कृति, खेल र व्यापार सुदूरपश्चिमको आधार’ भन्ने नाराका साथ दोस्रो सन्ध्याकालीन चैतन्य साँस्कृतिक मिनी मेला आज (बिहीबार) देखि धनगढीमा सुरु भएकोहो। कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँद्वारा गरिएको हो।
मुख्य प्रायोजक चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले कार्यक्रम बोल्दै चैतन्य पाठशालाले आयोजना गरेको यो मिनी मेला ूहाम्रो संस्कृति हाम्रो पहिचानू भन्ने भावनामा आधारित भएको बताए। उनले सुदूरपश्चिमको सांस्कृतिक विविधता विश्वसामु चिनाउन सबैले योगदान दिनुपर्ने आवश्यकता औंल्याए।
मिनी मेला केशव बलायरको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा प्रदेश प्रमुख मियाँले मन्तव्य दिँदै संस्कृति, पर्यटन र स्थानीय सिर्जनशीलतालाई समेटेर आयोजना गरिएको यो मेला असार ५ देखि जेठ २१ गतेसम्म सञ्चालन हुने जानकारी दिए।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय हस्तकला, परिकार तथा खेलकुद गतिविधिहरू समेटिने जनाइएको छ। आयोजकले मेलामा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेका छन्।