आज सुदूरपश्चिमका कुन–कुन ठाउँमा वर्षा भइरहेको छ ? - Chaitanya News
  • 2026-05-03
  • 09:53:09
  • आइतबार,बैशाख २०, २०८३
  • आज सुदूरपश्चिमका कुन–कुन ठाउँमा वर्षा भइरहेको छ ?

    आज सुदूरपश्चिमका कुन–कुन ठाउँमा वर्षा भइरहेको छ ?

    धनगढी– सुदूरपश्चिमका विभिन्न जिल्लामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। आगामी केही दिनसम्म मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

    कञ्चनपुरको बेलौरी, पर्सिया, कृष्णपुर, दोधारा चाँदनी, भम्का र ज्यामिरखाली आसपासका क्षेत्रमा अहिले पानी परिरहेको छ। डडेल्धुराको चौरबण्डाली, गाइबाँदे र साहुखर्क क्षेत्रमा पनि वर्षा भइरहेको छ।

    डोटीको गैरा, दिपायल र झिंग्रनातिर पानी परिरहेको जनाइएको छ। बैतडीको सिद्धपुर आसपास, बझाङको थलाला क्षेत्र र अन्य केही स्थानमा पनि वर्षा भइरहेको छ।

    अछामको जिल्ला सदरमुकाम मंगलसेन वरपर र अधिकांश ठाउँमा पानी परिरहेको छ। बाजुराका पनि केही स्थानमा वर्षा भइरहेको छ। कैलाली जिल्लाको अधिकांश क्षेत्रमा सिमसिम पानी परिरहेको छ।

    मौसमविद्का अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण सुदूरपश्चिममा पानी परिरहेको हो। आगामी केही दिनसम्म हल्का देखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ। मौसमविद्हरूले नदी किनार र पहाडी क्षेत्र नजिकका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

    उता लुम्बिनी प्रदेशको कैलाली जिल्लासंग सिमाना जोडिएको बर्दिया जिल्ला उच्च वर्षाका कारण बारबर्दिया ७ मा दाजुभाइको दुई हल राँगा र गोरु डुबेर मरेका छन्। पानी परिरहेकोले पशुचौपायलाई अग्लो ठाउँमा सार्ने व्यवस्था भइरहेको छ।