क्षति हुनुअघि नै इजरायल र इरानबाट नेपालीको उद्धार गर्न सरकारसँग माग - Chaitanya News
  • 2026-11-16
  • 06:54:59
  • सोमबार,मंसिर ०१, २०८३
  • क्षति हुनुअघि नै इजरायल र इरानबाट नेपालीको उद्धार गर्न सरकारसँग माग

    क्षति हुनुअघि नै इजरायल र इरानबाट नेपालीको उद्धार गर्न सरकारसँग माग

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले जरायल र इरानबीच युद्ध चर्किँदै गएकाले क्षति हुनुअघि इजरायल र इरानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् ।

    आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उयस्तो आग्रह गरेका हुन् । यस्तै उनले भने इजरायल र इरानबीच युद्ध चर्किएको छ । इजरायलमा केयर गिभर, कृषि फार्ममा काम गर्ने कामदार र विद्यार्थी गरी पाँचदेखि सात हजार नेपाली छन् । इरानमा पनि एक दर्जन जति नेपाली छन्। ‘उनीहरूको जीवन रक्षाको लागि सरकारले तत्काल कूटनीतिक र अन्य आवश्यक पहल गरोस् ।’

    क्षति भएपछि खोजी गर्ने कुराको केही अर्थ नहुने भन्दै उनले यसअघि इजरायलमै हमासको आक्रमणमा नेपालीको मृत्यु भएको प्रसंग स्मरण गरे। ‘क्षति भएपछि खोजी गर्ने कुराको केही अर्थ हुँदैन सभामुख महोदय। यसअघि पनि इजरायलमा मारिएका विद्यार्थीहरूको पीडाको घाउ आलै छ। अहिलेसम्म उद्धार हुन नसकेका विपिन जोशीको उद्धारका लागि सरकारले अझै पहल गरोस्। विपिनहरूको नियति अन्य कुनै पनि नेपालीले भोग्नु नपरोस्।

    उनले युक्रेन–रुस युद्धमा ७३ नेपाली मारिइसकेको, तीन सय बेपत्ता रहेको बताए। यद्यपि रुसी सेनामा भर्ती भएका, मारिएका र बेपत्ता भएकाको यकिन तथ्यांक सरकारसँग पनि नभएको उनको भनाइ छ।

    पछिल्लो पटक मृत्युको पुष्टि भएका नेपाली आफ्नै गृह जिल्ला सल्यानका ताराप्रकाश घर्ती रहेको भन्दै सांसद ज्वालाले सल्यानका सन्तोष विष्टलगायत अहिलेसम्म बेपत्ता रहेको बताए।

    उनले अवैध रूपमा रुसी सेनामा पठाइएका नेपालीलाई कूटनीतिक माध्यमबाट फिर्ता ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए।