काठमाडौँ– सडक विभागले मनसुनका बेला बाढी पहिरोले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै देशभर २७७ वटा उपकरणहरू तयारी अवस्थामा राखेको बताएको छ । विभाग अन्तर्गतका कार्यालयहरूमा ब्याकहोलोडर, डोजर ट्र्याक, एक्स्काभेटर ह्वीलोडर, क्रेन, टिपर ट्रक लगायत २४ किसिमका उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ।
यसमध्ये पहिरोको जोखिम भएको साइड अवरोध हटाउनकै लागि १२३ वटा र निर्माण साइडमा भएका १५४ वटा उपकरण मनसुनका कारण हुने सडक अवरोध हटाउन तयारी अवस्थामा रहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए।
‘हामीसँग २७७ वटा उपकरण जोखिमयुक्त क्षेत्रमा मर्मतका लागि तयारी अवस्थामा छन्,’ झाले भने, ‘मनसुनजन्य विपदबाट सडकमा हुने अवरोध तत्काल हटाउन जोखिमयुक्त क्षेत्रमा राखेका छौँ।
अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सडक अवरोध भए विभाग मातहतका कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।