काठमाडौँ– त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दै छ। खेल आज नेपाली समय अनुसार पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ।
नेपालले स्कटल्याण्डमाथि भने २ विकेटको जित निकालेको थियो। उक्त ‘लो स्कोरिङ’ खेल पनि अन्तिम ओभरको पाँचौँ बलसम्मै पुगेको थियो। आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो।