आजको मौसम: यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-03
  • 09:52:29
  • आइतबार,बैशाख २०, २०८३
  • आजको मौसम: यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

    आजको मौसम: यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेश, मधेश , बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ।

    साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

    देशभर साधारणतया बदली देखि पूर्णयता बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।

    देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।