काठमाडौँ– प्रतिनिधि सभाको असार महिनाको पहिलो पाक्षिक क्यालेन्डर तय भएको छ। क्यालेन्डरअनुसार असार १४ गतेसम्म ११ वटा बैठक बस्नेछ।
क्यालेन्डरमा असार १० गतेसम्म निरन्तर र त्यसपछि १४ गते बैठक बस्ने उल्लेख छ। यद्यपि रास्वपाको सदन अवरोधका कारणले क्यालेन्डरमा भएअनुसार आज बैठक बसेको छैन। ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, ७ र १४ गते शनिबार पनि बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ।
बजेटमाथि छलफल गर्नुको साथ निजामती विधेयक पारित गर्ने उल्लेख छ। सरकारले असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने सहमति गरेको भए पनि १४ गतेसम्मको क्यालेन्डरमा यो परेको छैन।