काठमाडौँ– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधि सभाबाट छिटो भन्दा छिटो अघि बढाउन आग्रह गरेका छन् ।
सरकार र सभामुखबाट रास्वपाको अवरोधका बाबजुद प्रतिनिधि सभाको बैठक बलजफ्ती सञ्चालन नगर्ने आग्रह गरे।
उनले सबै प्रतिपक्षलाई विश्वासमा लिई सदन सुचारु गर्न सरकार र सभामुखलाई ध्यानाकर्षण गराएका हुन्।
सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरूको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोसिस भइरहेको छ’ उनले भनेका छन्, ‘यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन। सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।