काठमाडौँ– इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरूको नामावली संकलन सुरु गरिएको छ।
इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि नामावली संकलन थालिएको हो।
इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ।
इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन्। उनीहरूबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकाहरूलाई आवश्यकता अनुसार उद्धार गरिने बताएका छन्।