काठमाडौँ– स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी–२० शृंखलाको खेलमा नेपाल आज नेदरल्याण्ड्ससँग भिड्ने भएको छ। खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ।
नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिज हिजोबाट सुरु भएको हो। नेपालको भने यो पहिलो खेल हो। यसअघि आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो।