कस्तो रहला आज देशभरको मौसम ? - Chaitanya News
  • 2026-05-03
  • 10:54:08
  • आइतबार,बैशाख २०, २०८३
  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ। कोशी प्रदेशको अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको पनि जनाएको छ।

    महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

    त्यस्तै, कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना पनि रहेको छ।

    आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने पूर्वानुमान छ।

    राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च(पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा राति पनि हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।