कैलाली– समानुपातिक तर्फ सुदूरपश्चिम प्रदेशले ५ जना सांसद पाउने भएको छ। ती चार जनामध्ये कांग्रेसले २ जना सांसद बनाउँदा एमाले र माओवादी केन्द्रले १–१ जनालाई सांसद बनाएका छन्।
कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा र ईश्वरी न्यौपानेले समानुपातिक तर्फबाट सांसद बन्ने अवसर पाएका छन्। बाजुराका महासनाइ नेपालीलाई पनि कांग्रेसले समानुपातिक तर्फबाट समेटेको छ।
देउवा डडेल्धुरा र न्यौपाने कैलालीबाट सिफारिस भएका थिए।
माओवादी केन्द्रले कैलालीकै रुपा चौधरीलाई समानुपातिकमा समेट्दा एमालेले दयाल बहादुर शाहीलाई समेट्यो। माओवादीकी चौधरी कैलाली र एमालेका शाही बाजुराका हुन्।
राष्ट्रिय दल बनेका सात पार्टी मध्ये सुदूरपश्चिमबाट समानुपातिक माध्यमबाट तीन पार्टीका चार जना मात्रै सांसद भए। मुलुकभर सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो।