आजको मौसम: कोसी र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-03
  • 10:54:34
  • आइतबार,बैशाख २०, २०८३
  • आजको मौसम: कोसी र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम: कोसी र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ– आज (सोमबार) देशका केही भू– भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

    कोसी र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    यस्तै विभागका अनुसार, आज राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    देशको उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ।