निजी विद्यालयमा नेपाली बोल्दा कारबाही र जरिवाना नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश - Chaitanya News
  • 2026-07-17
  • 13:16:21
  • शुक्रबार,साउन ०१, २०८३
  • निजी विद्यालयमा नेपाली बोल्दा कारबाही र जरिवाना नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

    निजी विद्यालयमा नेपाली बोल्दा कारबाही र जरिवाना नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

    काठमाडौँ– निजी विद्यालयमा नेपाली भाषा बोल्दा विद्यार्थीलाई कारबाही गर्ने प्रवृत्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

    आज (शुक्रबार) न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले विद्यालयले विद्यार्थीलाई नेपाली भाषा बोल्न नदिने वा त्यसका लागि कारबाही गर्ने कार्य नगर्न आदेश जारी गरेको हो।

    कानुन विषयका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली बोलेबापत पिट्ने र जरिवाना उठाउने गरिएको भन्दै यस्तो कार्य संविधान विपरीत रहेको जिकिरसहित रिट निवेदन दायर गरेका थिए।

    रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता विदुर ढुङ्गाना र अधिवक्ता वसन्त जोशीले बहस गरेका थिए।रिट निवेदनमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सनसहित प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाइएको थियो।