काठमाडौँ– आर्थिक वर्ष २०८२–८३ का लागि हिजो बिहीबार) सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएको छ।
पत्रकार सम्मेलन दिउँसो १ बजे मन्त्रालयको सुवर्ण सभाहलमा आयोजना हुने छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सम्मेलनमा बजेटको व्याख्या गर्ने उनको सचिवालयले जानकारी दिएको छ।