विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइने सरकारको घोषणा - Chaitanya News
  • 2026-07-17
  • 12:03:43
  • शुक्रबार,साउन ०१, २०८३
  • विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइने सरकारको घोषणा

    विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइने सरकारको घोषणा

    काठमाडौँ– सरकारले विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८२ को बजेट प्रस्तुत विदेशी विद्यार्थीले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरका लागि निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन्।

    विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने नीति लिइने अर्थमन्त्री पौडेलले बताए। शैक्षिक क्यालेन्डर अवधिभरका लागि विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइनेछ। त्यस्ता विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसाको व्यवस्था गरिनेछ।