एसइई शिक्षा परीक्षा प्रदेशबाट सञ्चालन गर्ने सरकारको घोषणा - Chaitanya News
  • 2026-07-17
  • 12:03:43
  • शुक्रबार,साउन ०१, २०८३
  • एसइई शिक्षा परीक्षा प्रदेशबाट सञ्चालन गर्ने सरकारको घोषणा

    एसइई शिक्षा परीक्षा प्रदेशबाट सञ्चालन गर्ने सरकारको घोषणा

    काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ। आज (बिहीबार) उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन्।

    यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको छ। बोर्डले परीक्षाको लागि प्रश्न पत्र तयार पार्ने र नतिजा सञ्चालनको काम गर्दै आएको छ। सरकारको यो घोषणासँगै सम्पूर्ण जिम्मेवारी नै प्रदेशमा जानेछ।

    बोर्डले २०७८ सालमै राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गर्दै एसइई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको थियो।