एलन मस्कले ट्रम्प प्रशासनको भूमिका घटाउने - Chaitanya News
  • 2026-11-18
  • 00:30:23
  • मंगलबार,मंसिर ०२, २०८३
  • एलन मस्कले ट्रम्प प्रशासनको भूमिका घटाउने

    एलन मस्कले ट्रम्प प्रशासनको भूमिका घटाउने

    काठमाडौँ– टेक अर्बपति तथा टेस्लाका सह–संस्थापक एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो विशेष सरकारी कर्मचारीको कार्यकाल सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका छन्।

    राष्ट्रपति ट्रम्पले जनवरी २०२५ मा ह्वाइट हाउस प्रवेश गरेपछि मस्कलाई सरकारी खर्च कटौती गर्न नवगठित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ को नेतृत्व सुम्पेका थिए। मस्कले हप्तामा एक वा दुई दिन मात्र यो जिम्मेवारीमा समय दिने र आफ्नो मुख्य ध्यान टेस्लालगायतका कम्पनीहरूमा केन्द्रित गर्ने उल्लेख गरेका छन्।

    विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय समाप्त हुँदैछ। म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनावश्यक खर्च घटाउने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु,” मस्कले एक्समा लेखेका छन्। डोजको मिशन समयसँगै बलियो हुँदै जानेछ र यो सरकारी काममा जीवनशैली बनिरहनेछ।”

    डोजले सरकारी खर्च र कर्मचारी सङ्ख्या घटाउने, प्रविधिमा सुधार गर्ने र नोकरशाही कम गर्ने लक्ष्य राखेको छ। यद्यपि, मस्कको यो कदमले टेस्लाको घट्दो नाफा र बिक्रीलाई सम्बोधन गर्ने प्रयासका रूपमा पनि हेरिएको छ।