कस्तो रहला आज देशभरको मौसम ? - Chaitanya News
  • 2026-05-03
  • 10:53:43
  • आइतबार,बैशाख २०, २०८३
  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) देशका विभिन्न भू–भागमा बदली र वर्षा हुने जानकारी दिएको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

    यस्तै आज, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू(भागका थोरै स्थानमा र बाँकी भू(भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    विभागका अनुसार, आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ।