एमालेका उपाध्यक्ष पौडेल भन्छन् : सरकार बनाउन एमालेले कसैसँग छलफल नै गरेको छैन - Chaitanya News
  • 2026-05-07
  • 00:45:00
  • बुधबार,बैशाख २३, २०८३
  • एमालेका उपाध्यक्ष पौडेल भन्छन् : सरकार बनाउन एमालेले कसैसँग छलफल नै गरेको छैन

    एमालेका उपाध्यक्ष पौडेल भन्छन् : सरकार बनाउन एमालेले कसैसँग छलफल नै गरेको छैन

    बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलहरूले गर्ने कामबाट परीक्षा हुने बताए। निर्वाचनमा आफ्नो पार्टीले पाएको जनादेशको सम्मान गदै प्रतिपक्षमा बस्ने पनि उनले बताए।

    शुक्रवार बुटवलमा पत्रकारसँग बोल्दै उनले चुनावको जनादेशले एमालेलाई बहुमत नदिएकाले प्रतिपक्षमा बस्ने बताए। हामीले कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौँ भन्ने अपेक्षा गरेका थियौँ तर एमालेलाई कर्नरमा पार्न सत्तामा रहेका दलहरूले गठबन्धन गरेकाले केही सिट कम आएर दोस्रो दल बन्यौँ’–पौडेलले भने जनादेशको सम्मान गर्दै हामी सशक्त प्रतिपक्षको भूमिकामा बस्छौँ, टुक्राटुक्री जोडेर बहुमत पुर्‍याएर उहाँहरू सरकार बनाउनुहुन्छ।

    माओवादी केन्द्र र अन्य दलसँग मिलेर सरकार गठनको प्रयास भइरहेकोबारे पत्रकारको प्रश्नमा नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको बताए। पूर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजननाहरु पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए।

    अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु पूर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको पौडेलले टिप्पणी गरे। प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि अहिलेको सरकारले विधि प्रक्रिया मिचेर हतार मन्त्रालय सार्ने निर्णय गलत भएको पौडेलले टिप्पणी गरे। उनले बुटवल कालिका क्याम्पसले ९ औ वार्षिकोत्सव समारोहमा सरिक हुँदै छोटो अवधिमै यस क्याम्पसले उल्लेख्य प्रगति गरेकोमा सराहना व्यक्त गरे।

    स्थापनाको ९ वर्ष पुरा गर्दा त्रिभुवन विश्व विद्यालयको अंङ्गिक क्याम्पसहरुमा उत्कृष्ट हुन सफल बुटवलको कालिका क्याम्पसको नव निर्मित भवनको उद्घाटन पनि गरे।