यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-09-29
  • 19:41:45
  • मंगलबार,आश्विन १३, २०८३
  • यस्तो रहनेछ आज देशभरको मौसम

    यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ।

    यस्तै आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ।

    विभागका अनुसार, आज पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू(भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    यसैगरी राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

    मधेसलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।