अध्ययन टोलीले पत्ता लगायो ५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल - Chaitanya News
  • 2026-11-19
  • 02:56:57
  • बुधबार,मंसिर ०३, २०८३
  • अध्ययन टोलीले पत्ता लगायो ५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल

    अध्ययन टोलीले पत्ता लगायो ५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल

    सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका—६, तिलगाउँमा गएको बाढी पहिरोबारे अध्ययन गर्न गएको प्राविधिक टोलीले तीन वटा हिमताल भेटाएको छ।

    पछिल्लो पटक अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा तीन वटा हिमताल रहेको पत्ता लगाएको हो। यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल भेटिएको बताएकामा अध्ययन टोलीले तीन वटा भएको पुष्टि गरेको हो।

    साथै उक्त अध्ययन टोलीले हिमतालहरूको विषयमा अध्ययन गरिरहेको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए।

    अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन्।