नेपालमा पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण - Chaitanya News
  • 2026-05-03
  • 14:20:40
  • आइतबार,बैशाख २०, २०८३
  • नेपालमा पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

    नेपालमा पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

    काठमाडौं– नेपालमा पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण भएको छ ।

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गर्न सफल भएको हो। यो सफलता नेपालका लागि पहिलो र विश्वमै दुर्लभ भएको चिकित्सकहरु बताउँछन्।

    ‘संसारकै सबैभन्दा जटिल शल्यक्रियामध्येको दुवै अंग एकैसाथ प्रत्यारोपण हुने केश विरलै मात्रै हुने गरेको छ,’ अस्पतालका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले भने।

    अस्पतालका अनुसार मकवानपुरका ५१ वर्षीय शिव महर्जनमा मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएको छ भने अर्को मिर्गौला ४२ वर्षीया एक महिलामा प्रत्यारोपण गरिएको छ। अंग प्रत्यारोपण गरिएका बिरामीहरूले स्वास्थ्यलाभ गरिरहेका छन्। उनीहरु केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेका श्रेष्ठले बताए।

    १ जेठमा मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो। काठमाडौं मेडिकल कलेजले अंग झिकेको थियो।

    प्रत्यारोपण शल्यचिकित्सक डा। पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो। कलेजो प्रत्यारोपणमा डा। रोशन घिमिरे र डा। प्रविण महर्जनले सहयोग गरेका थिए। मिर्गौला प्रत्यारोपणमा डा। दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा। रोजन अधिकारी, डा। विकास खड्का लगायतले सहयोग गरेका थिए।

    एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा.निभा श्रेष्ठ, डा। शोभित थापा, डा। रेखा श्रेष्ठ लगायतले सहयोग गरेका थिए।

    मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएका मकवानपुरका ५१ वर्षीय शिव महर्जन।
    नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्य लगायतका स्वास्थ्यकर्मी सहभागी भएका थिए।