समानुपातिक सांसद चयन गर्न नेकपा माओवादी पदाधिकारी बैठक बस्दै - Chaitanya News
  • 2026-05-07
  • 00:14:42
  • बुधबार,बैशाख २३, २०८३
  • समानुपातिक सांसद चयन गर्न नेकपा माओवादी पदाधिकारी बैठक बस्दै

    समानुपातिक सांसद चयन गर्न नेकपा माओवादी पदाधिकारी बैठक बस्दै

    काठमाडौँ– नेकपा(माओवादी केन्द्र)ले शुक्रबार समानुपातिक सांसदको सूचि तयार पार्न गृहकार्य गर्दैछ। छलफलको लागि शुक्रबार पार्टी पदाधिकारी बैठक बस्दैछ।

    बैठक दिउँसो दुई बजे बस्ने पार्टीका महासचिव देव गुरुङले देश सञ्चारलाई जानकारी दिए। मंसिर४ मा सम्पन्न आम निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।

    कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसहित चुनावमा होमिएको माओवादी ४३ सांसदसहित तेस्रो दल बनेको छ। माओवादी केन्द्रले प्रतिनिधिसभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ३ जना सांसद पाएको छ।