मुलुकमा सङ्घीयताको औचित्य रहेन : विप्लव - Chaitanya News
  • 2026-05-07
  • 00:15:50
  • बुधबार,बैशाख २३, २०८३
  • मुलुकमा सङ्घीयताको औचित्य रहेन : विप्लव

    मुलुकमा सङ्घीयताको औचित्य रहेन : विप्लव

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले मुलुकमा सङ्घीयताको औचित्य नभएको बताएका छन्। रिपोर्टस् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले नेता व्यवस्थापन गर्ने सङ्घीयता भन्दा जनताको समानुपातिक सङ्घीयता आवश्यक रहेको औंल्याए।

    उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्य नभएको प्रस्ट्याएको बताउँदै पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको बताए। राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उनको दाबी थियो।

    विप्लवले आफूहरूले थालेको क्रान्ति मान्छे मार्ने नभइ वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरि स्वाधीन अर्थतन्त्र निर्माणको लागि भएको बताए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए।