यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना छ : योगेश भट्टराई - Chaitanya News
  • 2026-05-07
  • 00:14:41
  • बुधबार,बैशाख २३, २०८३
  • यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना छ : योगेश भट्टराई

    यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना छ : योगेश भट्टराई

    काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना रहेको बताएका छन्।

    विश्वकप महासंग्राममा बोल्दै भट्टराईले आफूलाई अर्जेन्टिना र मेस्सी पहिले देखि नै मनपर्ने भएकाले विश्वकपको उपाधि अर्जेन्टिनाले जितोस् भन्ने चाहना भएको बताए।

    ‘मैले समर्थन गर्ने टिम पहिले देखि नै अर्जेन्टिना हो। यो पटकको विश्वकपको उपाधि अर्जेन्टिनाले नै जितोस भन्ने चाहना छ,’ भट्टराईले भने।

    भट्टराईले अर्जेन्टिनाको खेल कहिले राम्रो कहिले अलि खस्केको जस्तो देखिने भएपनि पछिल्लो दुई खेलमा गरेको प्रदर्शनले अर्जेन्टिनाले उपाधि जित्नै नै आएको जस्तो देखाएको बताए।

    ‘अर्जेन्टिनाको खेलमा कहिलो तल–माथि देखिन्छ त्यसैले डर लागेको छ। तर, अर्जेन्टिनाले जित्छ भन्नेमा विश्वस्त छु,’ उनले भने।