महाभियोग निष्क्रिय पार्ने पत्रविरुद्धको रिटको सुनुवाइ गर्न संबैधानिक इजलास गठन - Chaitanya News
  • 2026-04-24
  • 01:07:29
  • बिहिबार,बैशाख १०, २०८३
  • महाभियोग निष्क्रिय पार्ने पत्रविरुद्धको रिटको सुनुवाइ गर्न संबैधानिक इजलास गठन

    महाभियोग निष्क्रिय पार्ने पत्रविरुद्धको रिटको सुनुवाइ गर्न संबैधानिक इजलास गठन

    काठमाडौं –  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटको सुनुवाई संबैधानिक इजलासमा हुने भएको छ ।

    प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ गर्न सर्वोच्चले संवैधानिक इजलास गठन गरेको हो ।

    संबैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्व्मभर प्रसाद श्रेष्ठ, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

    जबराको आचारणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरुले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोगमाथि छिनोफानो नहुँदै गौतमले गत बुधबार माात्र प्राकृतिक न्यायको सिद्धान्तअनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित पत्र पठाएका थिए ।

    जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव दर्ता भएको हो । उनी २८ मंसिरमा उमेरहदका कारण अवकाश पाउनेछन् ।