समानुपातिक सांसद टुङ्गो लगाउन राप्रपाले बोलायो बैठक - Chaitanya News
  • 2026-05-05
  • 17:56:35
  • मंगलबार,बैशाख २२, २०८३
  • समानुपातिक सांसद टुङ्गो लगाउन राप्रपाले बोलायो बैठक

    समानुपातिक सांसद टुङ्गो लगाउन राप्रपाले बोलायो बैठक

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसद छनोट गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।

    बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा निर्वाचनको समीक्षा पनि गरिने उनले बताए ।

    प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रापले समानुपातिकतर्फ पनि सातै सिट ल्याएको छ । यस्तै विभिन्न प्रदेशमा गरी राप्रपाले समानुपातिकतर्फ १७ सिट हात पारेको छ ।

    तिनै सांसद छान्न राप्रपाले भोलि मंसिर २४ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको हो ।